सपना पुरा गर्न सपना देख्नै पर्छ

  • ख-
  • ख+

(कृष्ण अधिकारी)

आँखा चिम्लिएपछि
निदाइन्छ
निदाएपछि—
सपना देखिन्छ
त्यो सपनाले
आश देखाउँछ
त्यही आशले
जिवन डोऱ्याउँछ
यस्तै सुनेथें
तर
सोच्न थाल्छु—
जिवन डोहोऱ्याउन
आशा हुनै पर्छ ?
आशा हुन
सपना देख्नै पर्छ ?

सपना देख्न
निदाउनै पर्छ ?
निदाउन
आँखा चिम्लनै पर्छ ?
सोच्दा सोच्दै—
निदाउँछु
सपना विहीन भएर✍️

(पौष १८ गते आईतवार, व्यास १० तनहूँ)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्