तनहूँ उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग बाणिज्य संघको ३६ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
श्रममन्त्री रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ किसानले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले व्यवसायी र श्रमिकहरुबिच आत्मियताको अभाव भएको हुनाले उद्योग व्यवसायले सोचे अनुरुपको गति लिन नसकेको बताउनुभएको गियो ।
तनहूँ उद्योग बाणिज्य संघको हलमा भएको कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे वि. क. , प्रदेश सांसद सरिनता गुरुगं , व्यास नगरापलिकाका प्रमुख बैकुण्ठ न्यौपाने, रिषिगं गाउपालिकाका अधयक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उद्योग बाणिज्य महासंघका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?