दुखीका दिन

  • ख-
  • ख+

कोईराला भागु । बाउको दुः ख देखी
आँसु बरर आउँथो
भोलि म पढेर बढेर
केही गर्छु झैं लाउँथो
एकछाक नखाएर नि
हामीलाई पढाउनु भो
कर्तव्य पुरा गराउनलाई
हजुरलाई कति धौधौ भो
दुखै दुः खमा सक्किने
यो दुई दिने चोला हो
छोराछोरीले नबुझेमा
साहारा भोलि हुने को
अचेल बाउआमा पो
हेलाँको पात्र भए है
तिनको आँसु पुछ्न
सकेका हामीले खै
सधैं अभाव भयो रे
त नाना र खानाको
मिठो एक पेट पुगेन
टन्न पूरा एक मानाको
लाउने खाने अभावमै
छाडेर उहिल्यै गएका
टुप्लुक्क कतैबाट आउ
लौन छौ कस्तो भएका
जन्म मृत्यु बेहोर्नु भो
दुः खको भुमरी साथ
सधैं मैले थाम्छु अब
हजुरको कर्तव्य माथ
फोटो राखि बर्ष दिनमा
श्राद्द जलदान देका छौँ
जन्माएर हुर्काइ दिनु भो
जन्मौजन्मको ऋणि हौं ।

(कविः कोईराला भागु )


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्