नेपाल खोज्दैछन् देवकोटा

  • ख-
  • ख+


काठमाण्डौ । गर्वले छाती तन्काई मुस्कुराई रहेको
त्यो हिमाल खोजिराछु
हरियालीले व्याप्त त्यो काँठ कन्धरा
त्यो पहाड खोजिराछु
सम्म मिलेको उर्वर भूमि भातृत्वको नमूना
त्यो तराई खोजिराछु
यो नेपालमा आज म, त्यो नेपाल खोजिराछु
कतै भ्रष्टाचारले गन्हाएका ढाडिएका छन् अनि
कतै धर्म जात र आस्थाका नाममा बाँडिएका छन्
टुटेको फुटेको अनि बाँडिएको होइन
सुन्दर शान्त र विशाल खोजिराछु
यो नेपालमा आज म, त्यो नेपाल खोजिराछु
कतै कालो बजार कृत्रिम अभावको राप छ
कतै कहिल्यै पूरा नहुने सुनौलो भाषणको ताप छ
अराजकता र अन्यायको तापमा बलिरहेको होइन
शान्ति दूत बुद्धका दुई आँखा खोजिराछु
यो नेपालमा आज म, त्यो नेपाल खोजिराछु । त्यो नेपाल खोजिराछु।। त्यो नेपाल खोजिराछु ।।।

( सुशील देवकोटा, २०७२/१०/०३ आइतबार)

(पत्रकार तथा सामाजिक अभियन्ता देवकोटा चलचित्रकर्मी, कवि तथा कथाकार पनि हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्