गजलः मान्छेहरु

  • ख-
  • ख+

गौरी न्यौपाने/ यी आँखाका आँसुलाइ पानी संझियौ,
पीडा ,व्यथा, विबशतालाई कहानी संझियौ,
लहै लहैमा लागेर जिन्दगी बितायौ,
थल्लियौ ओछ्यानमा जवानी संझियौ,
घृणा गरेर कुल्चिएर मिल्कायौ जस्लाई
समय बिति सकेपछि आँखाको नानी संझियौ,
कसैलाइ जिउदै मार्यौ पाठ मानवताको पढायौ,
सकियो जिन्दगी कमिसनमा बुध्दिमानी संझियौ।
मुठी चामलमा पनि रमाउछ यो भिखारी
सुन ,पैसा, घर गाडीलाई सर्हानी संझियौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्