ग्रीन डेभलपमेन्ट बैंकको १६ औं शाखा दमौलीमा संचालन

  • ख-
  • ख+

तनहूँ। तनहूँको सदरमुकाम दमौलीमा पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । वुधवारदेखि तनहूँको व्यास नगरपालिका २, दमौली बजारको सफासडक प्रसाशन गेट नजिकै बैकले शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको हो । दमौलीमा स्थानिय स्तरबाट स्थापित बैकको अभाव भईरहेकोमा यस बैकले उक्त अभावलाई परिपुर्ति गर्ने वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको भनाई रहेको छ ।
वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आउने नेपाल सरकारवाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुर्ण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलव्धी हासिल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको भनाई रहेको छ ।
कास्की, वागलुङ, म्याग्दी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ सुविधाहरु, मोवाईल वैंकिङ, निःशुल्क एटिएम सेवा, आईपिएस, सि–आस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्धती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आईरहेको दमौली शाखाका प्रवन्धक सुदिप न्यौपानेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?