भ्यालेन्टाइन्स-डे को उपलक्ष्यमा

  • ख-
  • ख+

( कवि सुशील देवकोटा)

उनको तालमा नाच्नु, मेरो नियती
अरु भन्दा बेग्लै, मेरी श्रीमती
तारीफ उनको गर्छु, म कति कति
सबै भन्दा माथी, मेरी श्रीमती
जगमा मेरो अलिकति नाम छ
भन्छन् मलाई मान्छे कमाल छ
चितुवा जस्तो निर्भीक चाल छ
सिंह जस्तै मेरो रवाफ छ
घरमा तर मेरो, बेग्लै हाल छ
उनको शासन उनको, सरकार छ
छोराछोरी हास्छ्न, देखि मेरो गति
अरु भन्दा बेग्लै, मेरी श्रीमती
उनी बोल्छिन सुन्नु, मेरो काम हो
लाछी अल्छि मेरो, उपनाम हो
बनको बाघ घरको, म स्याल हुँ
लाटो मुर्ख अनि, ख्याल ख्याल हुँ
घर मेरो शान्त सुन्दर, र विशाल छ
उनको बाजा उनको सुर ताल छ
छिमेकीले भन्छन् , म आदर्श पति
तारिफ उनको गर्छु, म कति कति
सबै भन्दा माथी, मेरी श्रीमती !!!!!
( सुशील देवकोटा)
२०७२।१०।०१, शुक्रबार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्