गाँउको बिकास त कागजमा मात्र भयो दैनिकी फेरिएन

  • ख-
  • ख+

(बसन्ती मगर)

माग्नेहरु आउछ्न, जान्छन
तर गाउँको दैनिकी फेरिएन
चाडहरु आउछन, जान्छन
तर गाउँको स्वाद फेरिएन
निः शुल्क भोज गर्छ्न,जान्छ्न
तर निरन्तर हुने आय फेरिएन
नोटमा भोट साट्छन,जान्छ्न
तर गाउँको दैनिकी फेरिएन
धनका बाली छर्छन, जान्छ्न
उत्पादनमा गुणस्तर फेरिएन
सपनाका खेती गर्छ्न, जान्छ्न
तर गाउँको दैनिकी फेरिएन
बोलिमा मल छर्छ्न, जान्छ्न
बारीमा आकाशे जल फेरिएन
कलमले खेत जोत्छ्न, जान्छ्न
तर गाउँको दैनिकी फेरिएन
अनुदान झरी आउछ्न,जान्छ्न
ठुला भुडीमा महादान फेरिएन
कागजे किसान बन्छ्न, जान्छ्न
तर गाउँको दैनिकी फेरिएन
मौसमहरु आउछ्न, जान्छ्न
तर अध्यारो प्रवृत्ति फेरिएन
सत्य, कथामा बिकास भयो
तर गाउँको दैनिकी फेरिएन !
(२०७८ फागुन ४ गते)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्