तनहूँ । मंसिर १५ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने नेपाल सरकारको लक्ष्य अनुसार तनहूँका विभिन्न ५ पालिकाहरुमा अस्पताल निर्माणको सिलन्यास भएका छन् । तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका , भिमाद नगरपालिका , भानु नगरपालिका म्याग्दे ,देवघाट र ऋषिङ गाउँपालिकामा अस्पताल निर्माण हुदैछन् । ति मध्ये सोमवार भानु नगरपालिका बाहेक अन्य पालिकाहरुमा सोमवार सिलन्यास कार्यक्रम सम्पन्न भए । भिमाद नगरपालिका बन्ने १५ सैयाको अस्पतालको माननिय सांसद केदार सग्दिलले उद्घाटन गर्नुभयो । देवघाट गाउँपालिकाको अस्पतालको सिलन्यास माननिय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले गर्नुभयो भने म्याग्दे गाउँपालिकाको भवनको सिलन्यास गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गर्नुभएको थियो । उक्त अवसरमा वहाँहरुले अस्पताल बनेपछि जनताले आफ्नो घर दैलाबाट नै स्वास्थसेवा पाउने बताउनुभएको थियो ।
आज सिलन्यास भएका अस्पतालहरुमा शुक्लागण्डकी नगरपालिकामा १५ सैया, भिमाद नगरपालिकामा १० सैया, देवघाट गाउँपालिकामा १० सैया , ऋषिङ गाउँपालिकामा १० सैया, म्याग्दे गाउँपालिकामा पनि १० सैया अस्पताल निर्माण हुदैछ । केन्द्र सरकारले १५ सैयाको अस्पतालको लागि १८ करोड ६ लाख ८२ हजार र १० सैयाको लागि १० करोड ८३ लाख ३६ हजार बजेट छुट्टाइएको छ ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको लक्ष्य सहित सोमवार नेपालभर सातै प्रदेशमा एकैपटक ३९६ आधारभूत अस्पताल शिलान्यास गरिएका छन् ।








