तनहुँको दमौलीस्थित व्यास गुफा परिसरमा अनन्त श्रीविभुषित जगत् गुरु शंकराचार्य श्री श्री श्री विदुशेखर भारतीजी महाराजको आगमन हुने भएको छ।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान, दमौली, तनहुँको आयोजनामा २०८३ जेठ १४ गते बिहीबार दिउसो ४ बजे शंकराचार्य श्री श्री श्री विदुशेखर भारतीजी महाराजको आगमन हुने जानकारी दिएको छ । प्रतिष्ठानले उक्त कार्यक्रममा धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणलाई सहभागी भई पुण्य लाभ लिन पनि आग्रह गरेको छ।

आयोजक संस्थाका प्रमुख ध्यानाचार्य सद्गुरु खेमराजः जय श्रीहरिले शंकराचार्यको व्यासगुफा आगमनले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नेपाल धर्म विजय यात्राका क्रममा नेपाल आउनुभएका शंकराचार्यले नेपालका विभिन्न धार्मिक क्षेत्रहरूको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।