तनहूँ । हाम्रो तनहूँ हाम्रो शान, सहकार्यता र सेवाको अभियान भन्ने नाराका साथ रोजागरीको सिलसिलामा युएई पुग्नुभएका नेपालीहरुको संस्था तनहूँ सेवा समाज यूएईले नेपाली साहित्यको संरक्षणको लागि दुवईमा खुल्ला रचना वाचन कार्यक्रमको आयोजना गर्न गईरहेको छ । साउन १ गते अर्थात १७ जुलाईका दिन सिल्भर स्पून रेस्टुरेन्ट बर दुबईमा गरिने कार्यक्रम आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको हो ।
बिहान १० बजेदेखि हुने कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुलाई उपस्थित भईदिनुहुन तनहूँ सेवा समाज युएईका अध्यक्ष सुदिप कार्की ले अपिल गर्नुभएको छ । (सम्पादित)