तनहूँ । तनहँको म्याग्दे गाउँपालिका वडा नं. ३ धयरेमा माईक्रोबस दुर्घटना हुदाँ १४ जना घाईते हुनुभएको छ ।न पृथ्वीराजमार्ग सडक खण्डमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ९९९९ न. को माइक्रो बस बिहान ९ः२० बजे अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाई तल खस्दा दुर्घटना भएको हो । उक्त दुर्घटना माइक्रोमा सवार चालक सहित ७ जना ७ जना महिला गरी जम्मा १४ जना यात्रुहरु घाइते हुनुभएको छ ।
घाईतेहरुलाई तत्काल उद्वार गरी उपचारको लागील दमौली तर्फ पठाईएको र घाईतेहरुको दमौलीमा नै उपचार गरि घाईतेहरु मध्ये, बिमल रानाभाट, भानु प्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माईक्रोबस चालक जिवन आले ५ जनालाई मणिपाल अस्पताल पोखरामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिनुभएको छ ।
उहाँहरुको अवस्था बोल्न सक्ने रहेको पनि उहाँले जानकारी दिनुभएको छप्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिनुभएको छ ।












