म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

  • ख-
  • ख+

काठमाडौं । विद्धप्रसिद्ध नेतृ आङ सान सुकीको देश म्यान्मारमा सैनिक ‘कू’ भएको छ । उक्त देशको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।
केहि समयदेखि सरकार र सेनाबीचको चलिरहेको थियो । तत्पश्चात् सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरिदिएको छ ।
सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।
सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाएको नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।
(एजेन्सिको सहयोगमा)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्