असंवैधानिक कदमको विरोध गर्नु कांग्रेसको धर्मः रामचन्द्र पौडेल

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गैरसंवैधानिक कदमको विरोध गर्नु कांग्रेसको धर्म भएको बताउनुभएको छ । तनहूँको दमौलीमा नेपाली कांग्रेसका भातृ संस्थाद्वारा वर्तमान सरकारको असंबैधानिक, अलोकतान्त्रिक एवं प्रतिगामी कदम विरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनुभएको हो । उक्त सभामा प्रधानमन्त्री ओलीको उक्त कदम विरुद्ध कांग्रेस एकढिक्का भएर आवाज उठाउनुपर्ने बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले नेपाली जनताको सर्वोच्च अदालतप्रति आस्था रहेको र प्रधानमन्त्रीको प्रतिगामी कदमलाई सर्वोच्च अदालतले बदर गर्ने आशा व्यक्त गर्नुभएको थियो
बडो कष्ट र दुःख र कष्ट प्राप्त गरेको लोकतन्त्रमाथि पटकपटक आक्रमण भइरहेकोले कम्युनिष्ट नेताहरुको सत्तामोह र महत्वाकांक्षाले गर्दा संसदको हत्या हुने गरेको बताउनुभएको थियो ।

दमौलीको हेल्थपोष्ट अगाडिको चौरमा आयोजित सभामा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला संघकी सभापति पवित्रा पौडेल, लगायत विभिन्न भातृ संस्थाका पदाधिकारीहरुले मन्तव्य राख्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्