भुमि सम्बन्धि समस्या सामाधान आयोगको तनहूँ जिल्ला पदाधिकारी चयन

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठित भुमि सम्बन्धि समस्या सामाधान आयोगको तनहूँ जिल्लामा पदाधिकारी चयन गरेको छ । तनहूँको संयोजकमा भिमाद नगरपालिकाका दधिराज सुवेदी चयन हुनुभएको छ भने सदस्यहरुमा व्यास नगरपालिका वडा नं. १० का दिर्घबहादुर दरै र बन्दिपुर गाँउपालिकाकी शान्ति कुवर चयन हुनुभएको छ । समितिका पदाधिकारीहरुमा सुवेदी पुराना कम्युनिष्ट नेता कानिनुहुन्छ भने दराई शिक्षासेवी तथा आदिवासी जनजातिका जिल्ला नेता हुनुहुन्छ भने कुवर नेकपाकी नेतृ हुनुहुन्छ ।

तिन बर्षे कार्यकाल रहने उक्त समितिमा विभिन्न सरकारी कार्यालयका प्रमुखहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ । उक्त समितिमा नापि कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालयका प्रमुखहरु पदेन सदस्य रहनुहुनेछ भने जिल्ला समन्वय समिति तनहूँका समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
नेपालबाट सुकुम्वासी समस्या निर्मुल गर्ने उद्धेश्यका साथ गठन भएको यो आयोगले भुमिहिनहरुको लागि जग्गा उपलब्ध गराउने र अव्यवस्थित जग्गाहरुलाई व्यवस्थित गर्ने लक्ष्य लिएको भुमि सम्बन्धि समस्या सामाधान आयोगका केन्द्रिय सदस्य एक बहादुर रानाले बताउनुभएको छ ।
यस अघि नै सरकारले पुराना कम्युनिष्ट नेता तथा नेकपाका केन्द्रिय सदस्य एक बहादुर रानालाई गण्डकी प्रदेशका ११ जिल्ला र ८५ पालिकाहरु हेर्ने गरि केन्द्रिय सदस्य नियुक्त गरि सकेको छ । नवगठित समितिको कार्यकाल ३ बर्षे रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्