ट्याक्टर पल्टिदा ९ बर्षिय बालकको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ६ बाकोरे खोला स्थित भित्री कच्ची सडकखण्डमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा १ जना ९ बर्षिय बालकको मृत्यु भएको छ भने २ जना घाईते हुनुभएको छ ।
साँगाबाट सेखाटार आउदै गरेको ग १ त ३०८३ को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मीटर तल खस्न गई ट्याक्टर चालक तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ६ सेखाटार बस्ने ४० बर्षिय बुद्धि श्रेष्ठ, ट्याक्टर सवार सोहि स्थान बस्ने २७ बर्षिय सरस्वती थापा घाईते हुनुभएको छ । उक्त दुर्घटनामा घाईते सरस्वती थापाका छोरा ९ बर्षिय सरोज थापाको ट्याक्टरको ढालाले च्यापिन गई मृत्यु भएको छ । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्