राष्ट्रपति बारे विवादस्पद अभिव्यक्ति दिएपश्चात चर्चित रामकुमारी झाँक्री पक्राउ

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध विवास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी र नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई नेपाल प्रहरीले काठमाण्डौमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाण्डौको डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वको टोलीले रामकुमारी झाँक्रीलाई वहाँकै निवासबाट पक्राउ गरेको हो ।


गोरखा जिल्लामा आयोजित एक कार्यक्रममा वहाँले राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो त र वहाँले आफु कसैको विरुद्ध नभई गलत संस्कारको विरुद्ध बोलेको भन्दै त्यसको बचाउ गरिरहनुभएको छ ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर वहाँले पक्राउ पूर्जीविना जान अस्वीकार गर्नुभएको थियो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको घोषणासगै टुक्रिएको नेकपाका नेताहरु एकअर्कालाई तल देखाउन अनेक आरोप प्रत्यारोप लगाईरहेका छन् त्यसैक्रममा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्ति चर्चामा आईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्