वालुवा र ढुगां चोरी निकासी गर्ने एक्साभेटर र ट्याक्यटर तनहूँ प्रहरीको नियन्त्रणमा

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं. ३ कुडुलेघाट स्थितमा रहेको मर्स्याङ्दी नदीबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्दै गरेको बा २ क ४३५३ नं. को एक्साभेटरलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

उक्त एक्साभेटरलाई आबुखैरेनी गाउँपालिकाको कार्यालय बुझाई उक्त गाँउपालिका कार्यालयबाट २० हजार जरिवाना भएको र भानु नगरपालिका वडा नं. ११ पाउदीखोलाबाट अबैध रुपमा ग्राबल ढुङ्गा उठाईरहेको अवस्थामा ग १ त ९८४० र ग ६ त ६६२ नं. को २ वटा ट्याक्टर प्रहरी चौकी रुपाकोट तनहूँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई स्थानिय भानु नगरपालिकाको कार्यालय पठाइएकोमा नगरपालिका कार्यालयमा १२ हजारको दरले २४ हजार रुपैया जरिवाना भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता युवराज तिमल्सेना जानकारी दिनुभएको छ । साथै तिमल्सेनाले आगामी दिनमा पनि प्रहरी सक्रियता बढाई गैरकानुनी कृयाकलाप गर्न नदिने प्रहरीको योजना रहेको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्