वार्ताका लागि सकारात्मक रहेको भन्दै विप्लव समुहद्धारा विज्ञप्ति जारी

  • ख-
  • ख+

काठमाण्डौ । नेत्रबिक्रम चन्द विप्लबले नेतृत्व गरेको नेकपा वार्ताका लागि सकारात्मक रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गदै उक्त समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले ” हाम्रो क्रान्ति राष्ट्र,समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’’ भनिएको छ ।

पछिल्लो समय सत्तारुढ नेकपामा फुट आएपछि प्रधानमन्त्री केपी ओली विप्लव समुहसग वार्ताको लागि तयार रहेको कुराहरु बाहिर आईरहदा यो विज्ञप्तिलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् र सरकारको आगामी प्रतित्रिया कस्तो आउछ त्यस्को प्रतिक्षा गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्