भिमादको जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी विजयी भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा कांगेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को गठबन्धनलाई परास्त गर्दै भण्डारीको प्यानलैविजयी भएको हो । अनेरास्ववियुका अध्यक्षका उम्मेदवार विप्लव भण्डरीले १३१ मत पाई बिजयी भएका छन् भने नेवि संघ र अखिलक्रान्तिकारीको संयुक्त प्यानलका अध्यक्षका उम्मेदबार अमृत गैह्रेले १०९ मत प्राप्त गरेका छन् ।

सचिवमा अनेरास्ववियु अस्मिता क्षेत्रीले १२१ मत पाइ बिजयी भइन् । सचिवमा नेविसंघका दिपा रानाले १२० मत पाएकी पाईन । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका यसुमाया थापाले १३२ मत पाइ बिजयी भइन् । उनको प्रतिस्पर्धी कोषाध्यक्षमा नेविसंघकी कासिकारानाले १०७ मत पाएकी थिइन् । सदस्यमा अनेरास्ववियुका सुजन पौडेल १२३, साविया खातुन १२२, विष्णु उच्चै १२१, विनिता रसाइली१२८ , ममता सिग्देल १२८ बिजयी भएका छन् ।








