‘नेकपाको नामको विवादको फैसला फागुन २० गते

  • ख-
  • ख+

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २० गते बिहीवार निर्णय सुनाउने भएको छ । २ बर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको भन्दै ऋषि कट्टलेले रिट हाल्नुभएको थियो । निर्वाचन आयोग बिरुद्ध परेको सो मुद्दाको सुनुवाई बिहिबार सकिएको हो ।
न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहिबार अन्तिम सुनुवाई सकिएपछि २० गते मात्रै निर्णय सुनाउने जानकारी दिएको निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले बताउनुभएको छ ।
कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्