नैतिकता हराएका कांग्रेस र कम्युनिष्टहरु

  • ख-
  • ख+

आफुलाई जति नै नैतिकवान् हुँ भनेर हुकाँर लगाउने कांग्रेस र कम्युनिष्ट पार्टीका वरिष्ठदेखि कनिष्ठ नेताहरु न वाईडवडि काण्डमा एकजुट भए न ७० करोड काण्डमा एकजुट भए न वालुवाटार काण्डमा मुख खोले, यहाँ न कसैलाई चेपागंको घरमा आगो लाग्दा जुलुस निकाल्ने फुर्सद भयो न कसैलाई छोरो खोज्दै मुर्दाघरमा बसेको गोरखाका कृष्णप्रसादको बारेमा बोल्ने फुर्सद भयो ?

उहिल्यै बाजेका पालामा कालो टोपी बिचमा चिरेर लगाएर हिडेको मान्छे देखियो भने कांग्रेस हो रे यो, योसग बोल्नुहुन्न रे यसको साथी भनेर थुन्छन् भनिन्थ्यो । दुब्लो ख्याउटे, अनुहार, आँखामा पावरफुल चश्मा, हातमा झोला, झुस्स दाँरी, गम्भिर सोचमा डुबेको जस्तो मानिस देखियो भने यो कम्युनिष्ट हो भनिन्थ्यो, कम्युनिष्टहरु हत्तपत्त समाजमा त्यति देखिदैनथे, उनीहरु भुमिगत रुपमा बसेका हुन्थे ।
नेपालमा लामो समयदेखि अड्डा जमाएको राणाशासनको अन्त्यपछि आफ्नै दुईतिहाइृको सरकार चलाएर गरिखान नसकेपछि कांग्रेस पनि कम्युनिष्ट कै शैलिमा भुमिगत भएर भारतका विभिन्न गल्लीतिर भौतारिन थाले । ३० बर्षपछि नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जोडबलमा कांग्रेस र कम्युनिष्टबिच सम्युक्त आन्दोलन गर्ने सहमति भयो र २०४६ सालमा प्रजातन्त्र आयो । जनताको मुहारमा खुशी छायो तर राणाशासन र पंचायतकालमा देश तथा जनताको मुहारमा परेको चाउरीपन हराउने सुरै भएन त्यस्को विपरित नेतागणहरु अचम्मसग मोटाउन थाले । हिजो हात्तिछाप चप्पल पनि अरुले किनेको लगाउनेहरु आज सपिगं गर्न हगंकगं र बेलायततिर बरालिन थाले, हिजो भुमिगत हुँदा घनघस्याको उकालो चढ्नेहरुलाई पजेरो नभईकन पाइला चाल्न नसक्ने भए, आफु काम नगर्ने अर्काको डाहा गर्ने र दशै मनाउन अर्काको गोठको पाडो चोर्नुपर्ने आर्थिक हैसियत भएकाहरु प्राडोमा हुईिकिन थाले ।

पूर्व पंचहरुको त कुरै गर्नुपरेन, के कांग्रेस के कम्युनिष्ट विभिन्न काण्डमा श्रद्धेय नेताहरुको नामहरु सधै जोडिएर आउन थाल्यो । संसद खरिद बिक्री काण्ड, सुरा सुन्दरी काण्ड, प्राडो पजेरो काण्ड, महाकाली सन्धि काण्ड, धमिजा काण्ड, कहिले सनकको भरमा मध्यावधि निर्वाचन काण्ड यी र यस्तै काण्डले जनता दंगदास परिरहेका थिए । महत्वाकांक्षी राजा ज्ञानेन्द्रले सत्ता हातमा लिने प्रयास गरे तर सफल भएनन् । कार्यकर्ता जति जंगलमा नेता जति मंगलमा भएको माओवादी पनि आन्दोलनमा सरिक भएपछि राजा ज्ञानेन्द्रको शासनमात्र हैन राजतन्त्र पनि नेपालबाट बिदा भयो । गणतन्त्र आयो अब त सदाचारी नेता भेटिनेछन्, राष्ट्रप्रति माया मान्ने नेता भेटिनेछन् , नैतिकतवान् नेता भेटिनेछन् भनेर थुप्रै प्रयास भए, आफुलाई जति नै नैतिकवान् हुँ भनेर हुकाँर लगाउने कांग्रेस र कम्युनिष्ट पार्टीका वरिष्ठदेखि कनिष्ठ नेताहरु न वाईडवडि काण्डमा एकजुट भए न ७० करोड काण्डमा एकजुट भए न वालुवाटार काण्डमा मुख खोले, यहाँ न कसैलाई चेपागंको घरमा आगो लाग्दा जुलुस निकाल्ने फुर्सद भयो न कसैलाई छोरो खोज्दै मुर्दाघरमा बसेको गोरखाका कृष्णप्रसादको बारेमा बोल्ने फुर्सद भयो ? सबैले सत्ताबाट बाहिर रहदा डाक्टर गोविन्द के.सी.को सर्मथक सत्तामा पुगेपछि डाक्टर के.सी.को आलोचक हुने चरित्र देखाउन थाले, कसलाई कति बेला गालि गर्दा आफुलाई फाईदा हुन्छ सबै त्यतैतिर लागे ।

राजनीतिक पार्टीमा आस्थाको राजनीति गर्नेहरुभन्दा विभिन्न काण्डमा जेलनेल परेर छुटेकाहरु, अर्काले गरिखाएको रिसले राजनीतिमा लागेका, कमाउन पाईन्छ भनेर राजनीतिमा लागेकाहरुको हालिमुहाली भयो । नेपाल र नेपालीको भाग्य भन्ने कि दुर्भाग्य आज तिनैले टिभीका पर्दा र अखवारका पानाहरुमा नैतिकताको पाठ पढाउदैन् । कठै बिचरा ! कांग्रेस र कम्युनिष्ट पार्टीमा भएका जनताको लागि काम गर्नेहरु, नैतिकवानहरु सत्तामा पुग्नै पाएनन् तर जति सत्तामा पुग्नेहरु कोहि नैतिकवान् नै रहेनन् । हिजो जनताको लागि, समाजवादको लागि लडेका हौ, विपीको आर्दश बोकेका छौ भन्ने कांग्रेसहरुले जनताको लागि एउटा छाप्रो व्यवस्था नगरि आफ्नो लागि देश विदेशमा महल ठड्याएपछि वहाँहरुको सदाचार, सिद्धान्त र नैतिकता जनताले राम्रैसग देखेका छन् । हिजो झुस्स दारी पालेर क्रान्तिकारी देखिएर हिडेको त काम गर्न अल्छि लागेर पो रहेछ , नेता बनेपछि लुँटुला अनि न्युरोडमा गएर दारी काटौला, युरोप अमेरिकातिर गएर छोराछोरीको विहे भोज ख्वाउला भनेर पो कम्युनिष्ट बनेका रहेछन् भनेर पनि नेपाली जनताले राम्रैसग बुझेका छन् । हिजो सुरुगं युद्ध लड्छु भन्ने राष्ट्रवादी क्रान्तिकारीहरुको नैतिकता स्वखलित भएको छ , दिनका दिन हामीलाई बचाईदेउ , तिम्रो दानपानीबाट बचेको शरिर बैतरणी तारिदेउ भनेर लगाएको हार गुहारले वहाँहरुको अनुहारको पर्दा पनि राम्रैसग खुलेको छ । पंचायतकालमा गनाएका पंचहरुको त के कुरा गर्नु र जति नै गफ लगाएपनि कांग्रेस र कम्युनिष्ट हुँ भन्नेहरुको नैतिकता सिव खुलित् भएको नेपाली जनताको सामु कहि कतै छिपेको छैन ।
धेरै नेपालीहरुलाई थाहा भईसक्यो हाम्रा श्रद्धेय नेताहरुमध्ये धेरैलाई आज हाम्रो पशुपतिनाथ र बौद्धनाथभन्दा होली वाईन पवित्र लाग्न थालेको छ , गरिब, किसान, मजदुरभन्दा ठेकेदारहरु मन परेको छ, ति हिजो आफ्नो लागि लडेर अपांग भएकाभन्दा आफुले जन्माएका सन्तानमात्र प्यारो लागेको छ , हिजो विपीले सिकाएको सिद्धान्तभन्दा आज आफ्ना छोराछोरीलाई जागिर लगाईदिने नेता प्यारो भएको छ ।
हिजो पंचहरुले देशको हावापानी सुहाउने पंचायती व्यवस्था्भन्दा दुनिया हाँस्थे आज तपाईलहरुले म देशको र जनताको लागि लडेको, जेलनेल भोगेको म विपीको अनुयायी कांग्रेस, म पुष्पलाल, मदनभण्डारीको अनुयायी, सर्वहाराको लागि लडेको कम्युनिष्टभन्दा जनता कम्ता हाँसेका छैनन् । कांग्रेस र कम्युनिष्टका श्रद्धेय नेता तथा कार्यकर्ताहरु आफ्ना छोरा, छोरा, बुहारी श्रीमती, सालासाली, सम्धि, घरबेटी, मित, मितिनी, भान्जाभान्जी, भतिज भतिजीलाई मेरो पार्टीले जागिर लगाईदिएको छ , ठेक्कापट्टा पारिदिएकोछ, मैले सार्वजनिक सम्पत्ति दोहन गर्दा ढाल बनेर मेरो पार्टी मेरो सर्मथनमा उभिएको छ, पार्टीले मलाई अकुत कमाउन गरिखान दिएको छ र त म कांग्रेस भएको छु म कम्युनिष्ट भएको छु भन्नुस् बिन्ति छ् तर प्लिज नैतिकता र सिद्धान्तको कुरा नगर्नुस् । अब त तपाईको नाटक र नौटकीं देखेर दुनियाँ हाँसिरहेको त छ नै माथि विपी, गणेशमान, कृष्णप्रसाद, पुष्पलाल मदन भण्डारी, शुरेश वाग्ले, दिलबहादुर रम्तेलहरु छाति पिटी पिटी रोईरहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्