तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाभित्र रहेका २६ वटा सहकारी संस्थाका अध्यक्ष, सचिव तथा व्यवस्थापक गरी कुल ७० जनाको सहभागिता रहेको शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए।
तालिममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, सहकारी संघ तनहुँका अध्यक्ष प्रदीप अधिकारी तथा सहकारी विभागका प्रशिक्षक पप्पु कुमार यादवले सहकारी व्यवस्थापन, सुशासन, वित्तीय अनुशासन तथा संस्थागत सुदृढीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षण सम्पन्न भएका सहभागीहरूलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमको सहजीकरण शाखाका एककुमार श्रेष्ठले गरेका थिए। गाउँपालिकाले सहकारी संस्थाहरूलाई प्रभावकारी, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न यस्ता तालिमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।






