एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोट खेलअघि नेपालले तयारीका लागि मलेसियासँग खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को खेल हुनेछ ।