नेकपा खारेज गर्ने फैसलाविरूद्ध प्रचण्ड सर्वोच्चमा

  • ख-
  • ख+


काठमाण्डौ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु पुनरावलोकन दिन सर्वोच्च अदालत जानुभएको छ ।

पुनरावलोकन दिन वहाँ मंगलबार बिहान ११ बजे बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सहित सर्वोच्च अदालत पुग्नुर्भको हो ।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्