प्रहरी सहायक निरिक्षक मृत अवस्थामा, प्रहरी जवान बेपत्ता

  • ख-
  • ख+

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको गस्ती टोलीका इञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक, मोहना नदीमा मृत फेला परेका छन ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन ।

अस्ति रातिदेखि बेपत्ता भएका सहायक निरिक्षक बिकको शव हिजो बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो ।

उनको घाँटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।

मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

हत्या आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्