एकैदिनमा १२ नेपालीको शव आईपुग्यो

  • ख-
  • ख+

काठमाडौँ । विभिन्न कारणबाट मलेसियामा मृत्यु भएका १२ जना नेपाली युवाहरुको शव काठमाण्डौ आईपुगेको छ । ति शवहरु विमान अभावको कारण केहि समय मलेसियामा रोकिएका थिए ।
वैदेशिक रोजगार बोर्डका अनुसार शव आईपुगेका व्यक्तिहरुमा सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य वि.क., पाँचथरका सूर्यबहादुर चौहान, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, महोत्तरीका देवेन्द्रकुमार यादव, बागलुङका चन्द्रबहादुर विक, भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, बाँकेका विनय कहर, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता र झापाका उज्ज्वल भुजेलको शव त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा आईपुगेको हो ।
नेपालमा रोजगारीको अभाव भएसगै दैनिक जसो सयौंको संख्यामा नेपाली युवाहरु श्रम गर्न बिदेश जानक्रम बढ्दो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्