महेश बस्नेतको आगमनले जुर्मुराउदै राष्ट्रिय युबा संघ नेपाल तनहूँ

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युबा संघ नेपाल तनहूँको युबा भेला सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, युबा इन्चार्ज एबम लोकप्रिय युबा नेता माननीय महेश बस्नेतको प्रमुख आतिथ्यतामा भेला सप्पन्न भएको हो । उक्त अवसरमा बस्नेतले केपी ओली सरकारले राम्रो काम गर्दा गर्दै डाह गरेर काम गर्न नदिएको बताउनुभएको थियो । साथै वहाँले माओवादी नेता प्रचण्डको कार्यशैलीको आलोचना गर्दै पार्टीको अस्तित्व नै नरहने अवस्थामा पुगेकोले अन्य पार्टीको सहारा खोज्दै हिडेको बताउनुभएको थियो ।
अतिथिहरुमा केन्द्रीय अध्यक्ष बचन बहादुर सिह, सहअध्यक्ष किरण पौडेल, पुर्ब अध्यक्ष माननीय राजिब पाहारी, उपाध्यक्ष सन्तोष रावल, अशोक चौलागाईं, सचिब महेन्द्र गुरुङ, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरु लगाएत युबा नेताहरूको उपस्थिति रहेको थियो । पार्टीको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य एक बहादुर राना, जिल्ला अध्यक्ष माननीय केदार सिग्देल, जिल्ला सचिब माननीय भगवती न्यौपाने , माननीय कृष्ण कुमार श्रेष्ठ (किसान), माननीय राम बहादुर गुरुङ लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
भेलाले जिल्ला संयोजक उज्जवल खनाल, सह सयोजक सुरेन्द्र अधिकारी रहने गरि २०१ जिल्ला कमिटी सदस्य र तनहुँका १० वटै पालिकामा सयोजक एबम सहसयोजकको जिम्मेवारी तोकेको छ । जिल्लाको भेलामा युबा इन्चार्ज एबम लोकप्रिय युबा नेता माननीय महेश बस्नेत लगायतका नेताहरुको आगमनले तनहूँका युवाहरुलाई हौसला मिलेको र आउने दिनमा तनहूँका सम्पूर्ण युवाहरुलाई एकजुट बनाएर अगाडि बढाउने स्थानिय युवा नेताहरुको भनाई रहेको थियो ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्