तनहूँ उद्योग बाणिज्य संघमा अध्यक्ष बाहेक ३ जना सर्वसम्मत, अध्यक्षमा पनि साँझसम्म सर्वसम्मत हुनसक्ने

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा तिनजना पदाधिकारीहरु सर्वसम्मत चयन हुनुभएको छ । प्रथम उपाध्यक्षमा ईमकुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र द्धितिय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन हुनुभएको हो । वहाँसग प्रतिष्पर्धा गर्न उमेदवारी दिने उमेदवारहरुले आफ्नो उमेदवारी फिर्ता लिएपछि वहाँहरु सर्वसममत हुनुभएको हो । मल्ल । श्रेष्ठ र मल्ल तिनैजना दमौलीका व्यापारीहरु यसभन्दा अगाडिको कार्यसमितिमा विभिन्न पदमा रहेर कार्य गरिरहनुभएका व्यक्तिहरु हुनुहुन्छ ।
संयोग नै छ सर्वसम्मत हुनुभएका तिनै जना अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्र बासिन्दा रहेको व्यास नगरपालिका वडा नं. २ का वासिन्दा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्