तनहूँ । तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिकाको १ सय १५ घर धुरी घरमा विजुली बलेको छ । बिहिवार संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले टुकीको भरमा आजसम्म बसेका बन्दिपुर गाउँपालिकावासीको घरमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । जिल्लाको दमौली र घुमाउने घाट जोड्ने बुद्धसि मोटर मार्गमा पर्ने विभिन्न गाउँहरु खहरे, थमथमे, मास्दी, ढाप, सुढे र रिजाल्दीमा बिहीबार राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गरिएको हो। उक्त स्थानमा बत्ति सेवा प्रदान कार्यक्रमको उद्घाटन गर्दै सांसद श्रेष्ठले धेरै अगाडि बत्ती बल्नु पर्ने ठाउँमा नबोलेकोमा वर्तमान सरकारको सानो प्रयासले कोरोनाको कारण ढिला भए पनि बत्ती बलेको छ । यसमा खुसि हुन पर्ने कारण खासै नभएको र यहाँभन्दा अगाडिका जनप्रतिनिधिले जनतालाई गुमराहमा राखेको बताउनुभएको थियो ।
बन्दिपुर गाउँपालिकाका ६ वटा वडामध्ये ५ वटा वडामा पहिले नै विद्युत सेवा विस्तार भएको र विहीबार बडा नं. ६ स्थित खहरे र थुमथुमेका घरहरूमा पनि विद्युत् बत्ती बालेपछि बन्दिपुर पूर्णरुपमा उज्यालो भएको छ । बत्तिको पहुँच पुर्याउन बाँकि रहेको र छिटो भन्दा छिटो सेवा पुर्याईने उत्तm अवसरमा बताईएको थियो । तनहुँ बिघुत प्राविधिक कार्यालयका ईन्जिनियर राम बाबू चौधरीले तनहूँ जिल्लामा बिजुली नपुगेको ठाउँमा बिजुली अहिले ९० प्रतिशत भन्दा धेरै ठाउँ अहिले बिजुली बत्ती पुगेको छ । यसै आर्थिक बर्ष भित्रमा सबै तनहूँवासीको घर घरमा बत्ति बल्ने समेत पनि जानकारी दिनु भएको थियो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपप्रमुख करुणा गुरुगं लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सिद्धान्त थापाले गर्नुभएको थियो ।








