सहयोगका लागि सार्वजनिक अनुरोध

  • ख-
  • ख+

गण्डकी प्रदेश तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा न ७ धयराघारी साँगे निवासी दिपक भण्डारी तनहूँको कोत्रे भन्ने ठाउँमा गाडी दुर्घटनामा परि बिगत ११ बर्षदेखी घाँटी भाचिएर घाटिभन्दा मुनिको शरीर नचल्ने अवस्थामा हुनुहुन्छ । वहाँको रेखदेख र परिबारको जिबिकोपार्जनको लागि वहाँकी श्रीमती कल्पना पौडेलले घरमै सानो पसल संचालन गर्दै आउनुभएकोमा मिति २०७८ बैशाष ३ गते उक्त पसलमा आगजनी भै घरको आशा र परिवारको भरोषा समेत रहेकी कल्पना पौडेल आगजनीमा परि गम्भीर घाइते भै उपचारको क्रममा हाल पश्चिमान्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखराको सर्जिकल बार्ड अन्तर्गत Burn Room को बेड नं. ४५ मा उपचाररत हुनुहुन्छ ।
वहाँहरुको घरायसी अबस्था निकै नाजुक रहेको र पारिवारिक गुजाराका लागि संचालन गरेको पसल समेत आगजनी भै स्बयं कमाउने ब्यक्ती आगोले डढेर उपचाररत रहनुभएकोले वहाँहरु लाई सहयोगको खाचो छ ।
वहाँको परिवारलाई सहयोग गर्न चाहने संघ संस्था तथा सह्रदयी महानुभाबहरुले कल्पना पौडेलको मुक्तिनाथ बिकास बैंक, दमौली शाखामा रहेको तपसिल बमोजिमको खातामा रकम जम्मा गरि सहयोग गर्न सक्नुहुनेछ ।
Name: Kalpana Poudel

Mukti Nath Bikash Bank Ltd., Damauli Branch
A/C No.:- 00720600105126000001
मोबाईल नम्बर :9813183474 , 9846060017
(हुतमणि अधिकारीको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्