कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु

  • ख-
  • ख+

हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौं पुर्‍याईएका पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमित वहाँको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका ४० वर्षीय वहाँका श्रीमती, एक छोरा र छोरी रहेको जनाईएको छ ।

फागुन २५ गतेको निर्वाचनमा नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा भएको निर्वाचनमा मतदानमा उपस्थित वहाँलाई उक्त समयभन्दा अगाडि बिसन्चो भएको बताउनुभएको थियो । तत्पश्चात चैत २६ गते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानामा पिसिआर चेकअप गर्दा वहाँमा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्