स्याङ्गजाली, पोखरेली र धादिगें लागु औषध गाँजासहित पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ नयाँपुलबाट ३ जना युवाहरु लागु औषध गाँजा सहित पक्राउ परेका छन् । उत्तः क्षेत्रमा गाँजाको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २०७८ साल बैशाष ८ गते जिल्ला प्रहरी कार्यालय तनहूँबाट खटिएको प्रहरी टोलीले धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं ६ बस्ने बर्ष २५ को आकाश मगर , स्याङजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. १४ बस्ने बर्ष १८ को अजय भन्ने जगदिश क्षेत्री र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १७ बिरुवा बस्ने बर्ष अंदाजी १८ को समिप मगर लाई पक्राउ गरेको हो ।

दिउसो ४ः३० बजेको समयमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुलाई लागुऔषधको कारोबार गरिरहेको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिई निजहरुको शरिर समेत तलासी लिदा आकाश मगरले बोकेको दोकाधे झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध १ के.जी. गाँजा सहित पक्राउ गरिएको थियो । गाँजा बरामद गरी संलग्न तिनै जना व्यक्तीहरुलाई निजहरु उपर लागु औषध गाँजा मुद्दामा आजै सम्मानित जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्