सभामुखको भुमिकाप्रति प्रदेश सांसद रामबहादुर गुरुगंको आपत्ति

  • ख-
  • ख+

तनहूँ / गण्डकी प्रदेशमा तनहूँ जिल्ला क्षेत्र नम्बर १ को (क) बाट प्रतिनिधित्व गर्ने सांसद राम बहादुर गुरुगंले बुधवारका दिन गण्डकी प्रदेशसभामा भएको घटनामा सभामुखले खेलेको भुमिकाप्रति आपत्ति जनाउनुभएको छ । सर्व ज्योती सम्वाददतासग कुरा गर्दै गुरुगंले बिषेश यसप्रति आफुले खेद जनाएको जानकारी दिनुभएको हो ।
गण्डकी प्रदेश बिशेष अधिवेशन (तेस्रो बैठक) को दैनिक कार्यसुचिमा माननीय मुख्यमन्त्री श्री पृथ्वीसुब्बा गुरुङ माथि प्रदेश सभाको विश्वास छैन भनी सभा सक्षम प्रस्तुत भएको अविश्वासको प्रस्ताव उपर छलफल हुने र अविश्वासको निर्णयार्थ पेश हुने भनेर सभा सुरुभएको थियो । तर जनमोर्चाको सांसद एकजना सांसद बैठकमा अनुपस्थित भएपछि ( अनुपस्थित ुांसद चरक अस्पतालको आईसियुमा रहेको जानकारी प्राप्त भएको छ ।) सभामुखले गण्डकी सरकार बिरुद्ध ल्याईएको अविश्वासको प्रस्ताब फेल हुने निश्चित भएपछी कार्यसुचीमा भएको मतदान प्रकिया रोकि अनिश्चित कालसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नुभएको थियो । गुरुगंले तटस्थ भुमिकामा रहनु पर्ने सभामुखको भुमिका संसदीय मुल्यमान्यता बिपरित मात्र होइन आपत्तिजनक पनि देखिएको बताउनुभयो । अब यसले गर्दा सभामुख नेत्रनाथ अधिकारीप्रति प्रश्न चिन्न खडा भएको वहाँले बताउनुभयो । सभामा जे भनेर कार्यसुची बनाईएको थियो । त्यो अनुसार प्रक्रिया अगाडि बढाएर जान वहाँले कसैको ईशारामा राजनीति गर्नुभयो गुरुगंको भनाई थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्