पोखरामा कोरोनाबाट १ पुरुष र १ महिलाको मृत्यु

  • ख-
  • ख+

कास्की । पोखरामा कोरानाको उपचार गराईरहनुभएका २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जाको अर्जुन चौपारी गाँउपालिका–५ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा निधन भएकोछ त्यसैगरि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ६ की ८२ वर्षीय महिलाको पनि पोखराकै चरक मोमोरियल अस्पतालमा निधन भएको हो । बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको दुवैको हिजो राति अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । उहाँहरुलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वहाँहरुको मृत्युसगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २३ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्