गण्डकीमा थपिए २७४ जना कोरोना संक्रमितः तनहूँमा जम्मा ७ जना

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका ६ सय१८ जनाको नमूना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका ९ जिल्लामा २ सय ७४ संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै कास्कीको पोखरामा १ सय ६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीका ३ सय १३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

गोरखाका ९१ जनाको परीक्षण गर्दा ४३ जना, लमजुङका ४ जनाको परीक्षण गर्दा १ जना, नवलपुरका ४८ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै स्याङजाका ३१ जनाको परीक्षण गर्दा ९ जना पोजेटिभ, पर्वतका ३२ जनाको परीक्षणमा २ जना, बाग्लुङमा ५८ जनाको परीक्षण गर्दा २३ जना पोजेटिभ र म्याग्दी जिल्लाका १६ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरि तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ देखिएको छ ।

पछिल्लो आकंडा अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ४५ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्