कञ्चनपुरमा ३ कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+

धनगढी । महाकाली अस्पतालमा उपचाररत २ जना र होम आइसोलेसनमा बसिरहेका १ जना कोराना संक्रमितको कञ्चनपुरमा मृत्यु भएको छ ।

एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका वडा नं. १८ का ५२ वर्षीय पुरूष र भीमदत्त नगरपालिका वडा नं. १४ का ४८ वर्षीय पुरूषको गए राति मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले जानकारी दिनुभएको छ । होम आइसोलेसनमा बस्नुभएका भिमदत्त नगरपालिका वडा नं. १८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्