नेपालमा कोरानाबाट थप १९ जनाको मृत्यु ,५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १२ सय ८७ जना उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ८२ हजार ३८२ पुगेको छ।

कोरोनाबाट निको हुनेको दर ८५.९ प्रतिशत रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्