राष्ट्रिय युवा परिषद् तनहूँकी अध्यक्षको पदस्थापन

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहूँ अध्यक्षको पदस्थापन कार्यक्रम आईतवार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा अध्यक्ष रिता ढकाललाई पदस्थापन गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रमुख अधिकारी सागर आचार्य, व्यास नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिक्देल, नेपाल पत्रकार महासंघ तनहुँ शाखा उज्वल पौडेल, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, नेकपा एमाले तनहूँका कार्यालय सचिव राजश्वर ढकाल, जिल्ला विकास समिति तनहूँका सचिव तुलसीराम पाण्डे लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष ढकालले युवाहरुको क्षेत्रमा आफुले सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
,

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्