नेपालमा एकैदन ७ हजार २ सय ११ कोरोना सङ्क्रमित भेटिए

  • ख-
  • ख+

आरजु पौडेल । काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को नेपाल महामारी यता सबैभन्दा ठूलो सङ्ख्यामा संक्रमितहरु भेटिएको छ । विगत २४ घण्टामा १६ हजार ७ सय भन्दा केही बढी परीक्षण गर्दा नेपालमा थप ७ हजार २ सय ११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उक्त २४ घण्टाको अवधिमा २७ जनाको संक्रमितको निधन भएको पनि मन्त्रालयले जनाएको छ। संक्रमित संख्या कोरोनाभाइरस महामारीयताकै नेपालमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्