कोरोनाबाट एकै दिन नेपालमा ५५ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । कोरोना भाइरसबाट एकैदिन नेपालमा ५५ जनाको मृत्यु भएको छ ।
त्सका साथै पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७५ रहेको छ ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । जसमध्ये २ लाख ८७ हजार ७ सय ९० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म ३ हजार ४ सय १७ जनाको मृत्यु भएको छ ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६ सय १६ जना आईसीयूमा र १ सय७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्