प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेलाई कारवाही बारे सल्लाह हुदै, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत नदिने सांसदहरुलाई के कस्तो कारवाही गर्ने विचार विमर्श भईरहेको छ । विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने भएको विश्वस्त श्रोतले बताएको छ ।
समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण कारवाही गर्दै पदमुक्त गरि बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउने बारे नेतृत्व तहमा छलफल भएको छ ।

८ जना समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको छ । तर नेपाल पक्षले एकताका लागि आफ्नो पक्षमा रहेका समानुपातिक सांसदलाई पदमुक्त गर्न नपाइने अडान राख्ने निश्चित छ ।

प्रत्यक्ष निर्वाचित २० जनाको हकमा अहिले केही नगर्ने र पार्टी एकताको लागि अझै पनि उनीहरुलाई मौका दिइने केपी ओली निकट नेताहरुले बताउनुभएको छ ।।

विश्वासको मत दिन अनुपस्थित हुनु ह्वीप उल्लंघन भए पनि के कारवाही गर्ने भन्ने बारे अहिले केही भन्न नसकिने संसदीय दलको भनाई रहेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधान बमोजिम कारवाही हुनसक्ने बताईसक्नुभएको छ । यद्यपी संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्टपतिसग भेटघाटको लागि शितल निवास जानुभएकोले पार्टीले निर्णय भने गर्न पाएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्