उपचार गर्न लैजादै गर्दा लम्जुगंका १ कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+

तनहूँ । उपचारको लागि पोखरा लैजादै गर्दा आज १ जना कोरोना संक्रमित पुरुषको बाटोमा निधन छ ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाँउपालिका वडा नं. ६ का ६५ वर्षीय मृत्यु भएको हो । बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको उहाँलाई लमजुङ जिल्ला अस्पतालबाट उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

उहाँको मृत्यु पश्चात गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २७६ पुगेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले बताउनुभएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १२ जना संक्रमितको निधन भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्