ओली पक्षीय ७ सांसद निलम्बित

  • ख-
  • ख+

सुदुरपश्चिम प्रदेसभाका ७ जना एमाले सांसदलाई एमाले संसदीय दलले निलम्बन गरेको छ ।

माधव नेपाल पक्षीय संसदीय दलले ओली पक्षीय सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

सुदुरपश्चिम प्रदेश सभामा एमालेका २५ सांसद मध्ये नेपाल पक्षमा १८ र ओली पक्षमा ७ सांसद छन् । नेकपा एमालेको केन्द्रको निर्णय र निर्देशन विपरित नेपाल पक्ष बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको थियो ।

पार्टी केन्द्रले विश्वासको मतको विपक्षमा मतदान गर्न भने पनि त्यो निर्देशनको अवज्ञा गर्दै संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । र विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

तर ओली पक्षीय ७ सांसदले अविश्वासको पक्षमा मतदान गरेका थिए । दलको ह्वीप उल्लङ्घन गरेको भन्दै उनीहरुलाई कारवाही गर्ने निर्णय संसदीय दलले गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्