सेवाग्राहीसँग घुस लिएका सहायक वन अधिकृत पक्राउ

  • ख-
  • ख+

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले धादिङ जिल्लाको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस लिएर गैरकानूनी काम गरेको आरोपमा पौडेललाई अख्तियार टोलीले ४० हजार नगद सहित पक्राउ गरेको हो ।आयोगको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो ।

गोप्य उजुरी निवेदनको आधारमा छापामार्न पुगेको अख्तियार टोलीले कार्यालय प्रमुख पौडेललाई पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए ।

एक फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ नियन्त्रणमा लिई अनुसन्धान गर्ने बहानामा ४० हजार नगद मागेर कागजपत्र मिलाउँदै गरेको अबस्थामा सहायक बन अधिकृत पौडेल पक्राउ परेका हुन । पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् ।

पौडेलले गत बर्षको कात्तिकदेखि नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्