तनहूँ । तनहूँको म्याग्दे म्याग्दे गाँउपालिका १ बरचौरस्थित पृथ्वी राजमार्गमा बलेरो जीपको ठक्करबाट एक स्थानीय युवकको ज्यान गएको छ ।
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग.२च. ७४७४ नम्बरको बलेरो जीपको ठक्करबाट घाइते ग७ प ५८२६ नम्बरको स्कुटरमा सवार म्याग्दे १ तल्लो गुणादी निवासी मनोज खनालको ज्यान गएको छ ।
घाइते भई उपचारका लागि दमौली अस्पतालमा लगिएका ४० वर्षिय खनालको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बलेरो र चालक लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका डिएसपी युवराज खड्काले बताउनुभएको छ ।








