तनहूँ । मंसिर १३ । तनहूँ जिल्लास्थित स्थानिय सरोकारवालाहरुलाई इट्टा उद्योगको वर्तमान अवस्थाको बारेमा ध्यान आकर्षण गराउनका लागि एकिकृत हरित बिकास नेपालद्वारा संचालित बेटर ब्रिक नेपाल कार्यक्रम शनिवार मंसिर १३ गतेका दिन इट्टा उद्योगको वर्तमान अवस्था र स्थानिय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम जिल्ला समन्वय समितिकाअध्यक्ष शान्तिरमण वाग्लेको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक कक्षमा बसेको थियो । सो कार्यक्रममा ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , भानु नगरपालिका प्रमुख उदयराज गौली ,म्यादे गाउपालिकाकी प्रमुख मायादेवी राना, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, ग्लोबल फेयरनेस इनिसियटिभ नेपालका राष्ट्रिय निर्देशक सुरेश पण्डित साथै एकिकृत हरित बिकास नेपालका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा इट्टा उद्योगको वर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थानीय निकायहरुले गर्नुपर्ने भूमिकाको बारेमा संयन्त्र निर्माण गर्ने प्रतिबद्धता जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले ज्युले जाहेर गर्नुभएको थियो ।

अवैध रुपमा संचालित घरेलु इट्टा उद्योगहरुलाई मध्य नजर गर्दै यसलाई व्यवस्थित पार्नका निमित्त संयन्त्र निर्माण गर्नु जरुरी रहेको ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनु भएको थियो साथै बेटर ब्रिक नेपाल कार्यक्रमले स्थानीय सरकारसंग हाते मालो गर्दै अन्तिममा स्थानीय सरकारलाई नै हस्तान्तरण गर्ने ग्लोबल फेयरनेस इनिसीयटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले बताउनु भएको थियो ।
तनहुँ जिल्लामा रहेको ब्यास, भानु नगरपालिका साथै म्याग्दे गाउपालिका भित्र रहेका इट्टा उद्योगका कामदारका बिद्यालय पढ्ने उमेरका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गराउने सम्बन्धमा पालिकाले आबश्यक निर्देशन गर्ने, इट्टा उद्योग तथा अन्य स्थानमा स्थापित उद्योगहरुलाई सामाजिक उत्तरदायित्व वहन गरेको, नगरेको अनुगमन गर्ने र सम्बन्धित पालिकालाई उक्त अनुगमन गर्न सिफारिस गर्ने ,सामाजिक उत्तरदायित्व बहन गर्न इट्टा उद्योगी तथा अन्य उद्योगीहरुलाई प्राथमिकता दिने साथै नीति निर्माण गर्न स्थानिय तहहरुले बिशेष पहल गर्ने बैठकको निष्कर्ष रहेको एकिकृत हरित विकास नेपालका फिल्ड अधिकृत सुमध पन्तले बताउनु भयो । (तस्विरः राजेन्द्र मिश्र)