काठमाण्डौ । मंसिर १३ । आफ्नो दोश्रो कार्यकालको लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेदवारी दिनुभएका तनहूँ जिल्लाका व्यवसायी देवकुमार श्रेष्ठ उक्त पदमा सहजरुपमा निर्वाचित हुनुभएको छ । महासंघको केन्द्रिय सदस्य पदमा नगर तथा जिल्ला उद्योग वाणिज्य संघतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका श्रेष्ठले ६५ मत प्राप्त गर्नुभएको हो ।
महासंघको चुनावमा वहाँ वरिष्ठ उपाध्यक्ष उम्मेद्वार किशोर प्रधान समूहबाट केन्द्रीय सदस्य पदमा चुनाव लड्नुभएको थियो भने वहाँलाई विजयी गराउन तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ सहितको टोली केहि दिनदेखि काठमाण्डौमा खटिएको थियो ।

आफ्नो विनम्र स्वभाव र भिजनले गर्दा नेपालभरका व्यवसायीहरुमाझ छुट्टै छाप छोड्न सफल देबकुमारको जीतले तनहूँवासीलाई हर्षित तुल्याएको वहाँको चुनाव प्रचारको लागि केहि दिनदेखि काठमाण्डौमा रहनुभएका तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले बताउनुभयो ।

(तस्विर लायन राकु श्रेष्ठको फेसबुकबाट)