तनहूँ । तनहूँको आँबुखैरनी गाँउपालिका वडा नं २ ऐना पहरामा भएको बस र टाटा सुमोको दुर्घटनामा घाईते १३ जना मध्ये ३ जनाको मृत्यु भएको छ । नाम,थर वतन नखुलेको १ महिला र २ पुरुष गरी जम्मा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
आज करिब १२ः ४५ को समयमा पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिनबाट आबुखैरेनी तर्फ आँउदै गरेको ग २ ख ३०७ नं. को बस र विपरीत दिशा तर्फ बाट आँउदै गरेको ग ३ च ६०१२ नं. को टाटासुमो एक आपसमा ठक्कर खाँदा टाटासुमो सडक देखी अन्दाजी ५ मिटर तल खस्न गई दुर्घटना भएको थियो ।








