तनहूँ । बन्दीपुरको टुडीखेलबाट खसेर १७ बर्षिय बालकको मृत्यु भएको छ । बन्दीपुर गाउपालिका वडा नंं. २ हल्थुमका बस्ने टेक बहादुर गुरुङ्गको १७ वर्षिय छोरा कृजन गुरुङ्गको बुधवार साँझ बन्दीपुर स्थित टुडीखेलबाट खस्दा मृत्यु भएको हो । साँझ खसेको उनलाई उद्धार गरि बन्दीपुर अस्पताल पुर्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
गुरुङ्ग टुडिखेलमा लगाइएको रेलिङ्ग भत्किएर ३०० मिटर तल खसेको स्थानियले बताएका छन्। उनी भानु मा वि बन्दिपुरमा कक्षा ९ मा पढ्ने विद्यार्थी हुन्।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








